सुचना, समाचार र मनोरन्जन

संविधान दिवसका लागि उपत्यकामा सुरक्षा निकायको सतर्कता

काठमाडौ/

संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् ।

विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायले सतकर्ता अपनाएका हुन् ।

संविधान विरोधी गतिविधि हुनसक्ने भन्दै नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई)ले समेत यसरबो सूचना संलकन गरेको छ । बाँकी तीन वटै सुरक्षा निकायले पनि सूचना संकलन गर्नुका साथै उपत्यका प्रहरी परिचालनको संख्या पनि बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुनसक्ने समूह तथा व्यक्तिको समेत पहिचान गरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रहरी स्रोतका अनुसार संविभधान दिवस लक्षित करिब एक दर्जन समूहले विरोधका कार्यक्रम गर्ने तयारी गरेका छन् ।

संविधान दिवसको अवसरमा दरबारमार्गमा विशेष कार्यक्रम गर्न लागिएको छ । त्यस लक्षति कुनै गतिविधि हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको छ ।

Leave A Reply

Your email address will not be published.