सुचना, समाचार र मनोरन्जन

बक्स अफिस दबाबबीच अनमोल केसी भन्छन् : म कर्म गर्छु, फलको पछि दौडिन्नँ

काठमाडौँ :

अभिनेता अनमोल केसीका अधिकांश फिल्म सफल छैनन्। तर उनी यस पटकको फिल्ममा भने निकै अपेक्षा गरेका छन्। उनी अभिनित फिल्म ‘जेरी : अन टप’को टिजर निर्माण टिमले सार्वजनिक गरिसकेको छ।

सोमबार सामाखुशीस्थित क्युएफएक्सहलमा टिजर सार्वजनिक गरिएको हो। उक्त कार्यक्रममा अभिनेता अनमोल केसीलाई बक्सअफिसको चुनौतीको बारेमा प्रश्न गरिएको थियो। उक्त प्रश्नको बारेमा अनमोलले बक्स अफिस दबाब, व्यापारिक सफलता र व्यक्तिगत दृष्टिकोणबारे स्पष्ट धारणा व्यक्त गरे।

तपाईको कुनै पनि फिल्मले १० करोडभन्दा बढी व्यापार गर्न सकेको छैन नि भन्ने प्रश्नमा अनमोलले व्यापारको कुरा खासमा आफुलाई महत्वपुर्ण नलाग्ने जवाफ फर्काए।

Chaka Panja

उनले भने,‘व्यापारको कुरा खासै मेरा लागि महत्वपूर्ण लाग्दैन। म त एकजना कलाकार हुँ। म फलको आशा गर्दिनँ।’
उनले टिम बाहेक फिल्मको मेकिङ राम्रो नहुने कुरा दश वर्षपछि बल्ल बुझ्न थालेको सुनाए। उनले फिल्म मेकिङ भनेको कलाकारको कोणबाट मात्र नभई यो सिंगो टिम मिलेर बन्ने रहेछ भन्ने बुझेको तर्क गरे।

उनले आफुलाई बक्स अफिस सफलताको सट्टा दर्शकको निरन्तर माया नै आफूका लागि उपलब्धि भएको बताए। ताकी उनले आफुलाई कुनै पनि दबाब नरहेको स्पष्ट पारे।

उनले थपे,‘मलाई यो दबाब छैन।’

आगामी असोज ३१ गतेबाट ‘जेरीः अन टप’ देशभर प्रदर्शनमा आउने तयारीमा छ। यस फिल्ममा अनमोलका अलवा,केदार घिमिरे,आँचल शर्मा,भुवन केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.