सुचना, समाचार र मनोरन्जन

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

काठमाडौं : गत कात्तिकमा ३५ हजार बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन्।

 

जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो। २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए। गत कात्तिकमा ३५ हजार ९ सय ५२ जनाले भ्रमण गरेका हुन्। नेपालमा असोजकात्तिकलाई मुख्य पर्यटकीययामका रूपमा लिइन्छ।

 

दक्षिण एसियाली देशमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक यस क्षेत्रको भ्रमणमा आउने गरेका ‘एक्याप’का प्रमुख डा रविन कडरियाले बताए।

 

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडकमार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा भित्रने गरेका आयोजना प्रमुख डा कडरियाले बताए

 

कात्तिकमा पर्यटकीययामसँगै मुख्य चाडपर्वबिदाको समय पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको हो

 

Leave A Reply

Your email address will not be published.