सुनिता शर्मा, पोखरा/
पोखराको पर्यटनलाई थप उचाईमा पुर्याउन र पोखरामा पर्यटकको बसाई लम्वयाउन २०७९ सालमा पोखरामै पहिलो र एकमात्र केवलकारको रुपमा अन्नपूर्ण केवलकार संचालनमा आयो । धार्मिक पर्यटनको समेत पर्वद्धन गर्ने उदेश्यले सेदी बगरबाट सराङकोट्सम्म पुग्ने गरि संचालनमा आएको अन्नपूर्ण केवलकार पर्यटनको राजधानी मानिने पोखरामा थप पर्यट्क तान्न आकर्षक गन्तव्य बनेको छ ।
परापूर्व कालमा पनि सौन्दर्य र सुरक्षाका दृष्टिबाट महत्वपूर्ण रहेको उक्त स्थानमा सारङ खेल्ने चौर भएको हुनाले उक्त ठाउँको नाम सराङकोट नामाकरण हुन पुगेको रहेछ । स्थानीय कला संस्कृती र लोकल परिकारका लागि सराङकोट प्रसिद्ध छ ।
कम्पनीमा स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ । त्यस्तै ५४ जनाभन्दा बढी श्रमीकले प्रत्येक्ष रोजगारीको अवसर पाएका छन । जसमा पहिलो प्राथमिकतामा स्थानीयलाई राखिएको अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौडेलले बताए ।
केवलकारमा १७ क्याविन र १ क्यारियर गरि जम्मा १८ डब्बा छन । पर डब्बा सिट क्षमता ८ जनाको छ । नेपाली पर्यटकको लागि नियमित शुल्क रु ७ सय, सार्क राष्ट्रमा पर्ने विदेशी नागरिकका लागि १ हजार र अन्य विदेशी नागरिकका लागि १२ डलर शुल्क लिने गरेको छ भने सोमबार आरती दर्शन गर्न जाने भक्तजनहरुलाई अपराहन्न ४ बजेपछि रु २ सय ५० मै आवतजावतको व्यवस्था मिलाईएको छ । केवलकारले एक घणमा ५ सय सम्म पर्यटकलाई यात्रा गराएको छ । विहान ५ बजेदेखि सचालनमा आउने केवलकार साँझको आरती पश्चात मात्र विश्राम लिन्छ ।

अन्नपूर्ण हिमालको नामबाट नामाकरण गरिएको केवलकार कम्पनीले साँच्चै पोखराको पर्यटनलाई उचाईमा पुर्याउन भर्याङको काम गरेको प्रवन्धक पौडेल बताउँछन । पोखरा १८ सेदीबगरमा अवस्थित केवलकार स्टेशनबाट धार्मिक तथा पर्यटकीय स्थल सराङकोट करिव १६०० मिटर उचाईमा छ । सराङकोटधाम पुग्न ९ मिनेटको समय लाग्दछ भने केवलकारको यात्राको क्रममा बीच बाटोबाट अन्नपूर्ण, धौलागिरी, निलगिरी, माछापुछ«े, मनास्लु लगायत सुन्दर पर्वतहरु र तल्लो भेगको बस्ती अवलोकन गर्न सकिन्छ । त्यति मात्र होईन स्थानीय शैलीमा बनेका घर, लोकल रहनसहन, जीवजन्तु, नगदे बालीका साथै मेला पर्वको अवसरमा स्थानीय सांस्कृतिक झलकहरुको समेत दृष्यावलोकन गर्न सकिन्छ । साथै पोखरा सहर र फेवातालको मनमोहक दृश्यले मन लोभ्याउछ ।

सराङकोट भन्नसाथ बिहानको सुर्योदय(सनराईज)र साँझ सुर्यास्त अगाडीको समय (सनसेट) को लागि लोकप्रीय छ । सनराईज र सनसेटको समयमा केवलकारबाटै अवलोकन गर्न सकिने दृश्य साँच्चै मनमोहक देखिन्छ । वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकको राम्रै चहलपहल हुने यहाँ थप पर्यटकलाई तान्नको लागि र पोखराको तल्लो भागलाई सराङकोटसंग जोड्ने सेतु अन्नपूर्ण केवलकार बनेपछि सराङकोटको गरिमा नै फेरिएको बताउँछन सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम जीसी । त्यहाँ स्थित ७ सय वर्ष अघिदेखि मानिदै आएको भैरव,भुमी, काली मन्दिरलाई जिर्णोद्धार गरि हाल नियमित पुजा आरधना हुने गरेको अध्यक्ष जिसीले जानकारी दिए ।

सराङकोट पुगिसकेपछि नेपालको एकमात्र पञ्चमुखी गणेशको ५१ फिट अग्लो मूर्ति, कैलाशेश्वर महादेवको दर्शनका साथै मुक्तिनाथको झल्को दिने १ सय ८ धारा, १ सय ८ शिवलिङ्ग र लोमान्थाङको संस्कृति झल्किने संरचना अवलोकन गर्न सकिन्छ । त्यस्तै मन्दिर क्षेत्रको माथिल्लो भागमा रहेको भ्यूटावरबाट सम्पूर्ण पोखरा हेर्न सकिन्छ । १५ वटा भन्दा धेरै हिमालका दृश्यहरु लहरै उभिएका एकसाथ हेर्न सकिन्छ । सहासिक खेलहरु स्काई साइक्लिङ्ग, जीपलाईन, ३ सय ६० डिग्री मा रहेको भ्यू क्याफे, बर्ड आई भ्यू, जेन्ट स्वीङ्गको अनुभव समेत लिन सकिने व्यवस्थापक दिनेश पौडेल बताउँछन । केवलकार संचालन समितीले आन्तरिक तथा बाह्य पर्यटकको लागि निशुल्क यातायातको समेत व्यवस्था गरेको छ ।

परापूर्व कालमा पनि सौन्दर्य र सुरक्षाका दृष्टिबाट महत्वपूर्ण रहेको उक्त स्थानमा सारङ खेल्ने चौर भएको हुनाले उक्त ठाउँको नाम सराङकोट नामाकरण हुन पुगेको रहेछ । स्थानीय कला संस्कृती र लोकल परिकारका लागि सराङकोट प्रसिद्ध छ । त्यहाँका स्थानीय ब्यापारी माधव ढकालले केवलकार संचालनमा आएपछि सराङकोट क्षेत्रको होटल ब्यवसायलाई पनि सघाउ पुर्याएको बताए । जेनजी मुभमेन्टले पर्यटन र होटल व्यवसायमा कतिको असर पार्यो? भन्ने हाम्रो जिज्ञाासामा उनले नेपालीहरुको छिट्टै ‘लेट गो’ गर्न सक्ने खुबीका कारण छिट्टै पर्यटकीय गतिविधि पुनः संचालनमा ल्याउन सफल भएको र विदेशी पर्यटकलाई पनि नेपाल पर्यटनको लागि सुरक्षित छ भनेर सन्देश प्रवाह भएको सुनाए ।
केवलकारले प्राकृतिक सौन्दर्यतालाई आकाश र जमिनको बीचबाट अवलोकन गराएर थुप्रै आन्तरिक तथा बाहय पर्यटकको मन जित्न सफल भएको छ ।