सुचना, समाचार र मनोरन्जन
Sarangi

स्वर्गीय बुवाआमाको स्मृतिमा अक्षय कोष

पोखरा ।

स्वर्गीय बुवाआमाको स्मृतिमा पोखरा बहुमुखी क्याम्पसका पूर्वकर्मचारी अन्तिम पौडेलले अक्षय कोष स्थापना गरेका छन् । अन्नपूर्ण गाउँपालिका वडा नं.४ का स्थायी बासिन्दा पौडेलले क्याम्पसको ३७ औं वार्षिकोत्सव एवम् पुरस्कार वितरण समारोहको अवसर पारेर स्वर्गीय बुवाआमा तिलक राज शर्मा र पार्वती पौडेलको स्मृतिमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् ।

बुवाआमाको स्मृतिमा अक्षय कोष स्थापना गर्न पाउँदा खुशी लागेको उनले उल्लेख गरे । आफ्नो सानो सहयोगले क्याम्पसका विद्यार्थीहरुको शैक्षिक स्तर सुधारमा सहयोग पुग्ने विश्वास उनको छ । पौडेलले यसअघि पनि आफ्नो बुवाआमाको स्मृतिमा विभिन्न संघसंस्था तथा अशक्त व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

अन्तिम पौडेल
Leave A Reply

Your email address will not be published.