सुचना, समाचार र मनोरन्जन

दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्माले पाइन् यति ठूलो सम्मान

काठमाडौँ :

दैलेखकी भाइरल गायिका अन्जु विश्वकर्मा काठमाडौँमा सम्मानित भएकी छन् । उनलाई दैलेख समाज काठमाडौँले ‘डोरी बाटेर’ बोलको गीत हिट भएपछि विश्वकर्मासहित पत्रकार पारस भट्टराईलाई सम्मान गरेको हो ।

अन्जुले छोटो समयमा नै कमाएको चर्चासँगै उनको शालीनताको पनि कार्यक्रममा चर्चा गरिएको थियो । सो अवसरमा अन्जु र कमल बिसी माल्दाई लगायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा अन्जुका दाईलाई पनि सम्मान गरिएको थियो ।

अन्जुका दाईले पनि बहिनीसँग गीत रेकर्ड गराएका छन् । जुन गीतको अहिले सर्वत्र चर्चा चुलीएको छ । भाइरल अन्जुका दाई ज्यामी काम गर्दै परिवार पाल्दै आएका छन् । अन्जुका दाईले घरमा भारी बोकेर, इट्टा बोकेर परिवार पाल्दै आएकोमा अहिले भने उनका दाई पनि पनि गीत गाउनमा व्यस्त छन् ।

हेर्नुहोस् अन्जु र उनका दाईले एकसाथ गाएको यो गीत । गायिका अन्जुले यसअघि डोरी बाटेर , बामरी बसायो, लगायत यो समाचार तयार पार्दासम्म २ दर्जन गीतमा स्वर भरिसकेकी छिन् ।

Leave A Reply

Your email address will not be published.