सुचना, समाचार र मनोरन्जन
Auto

अनु शाह भन्छिन् : निरन्तर फिल्म पाइरहन कठिन नै छ

काठमाडौं :

केहि म्युजिक भिडियोमा छिटपुट अभिनय गर्दै आएकी अनु शाह फिल्म ‘ईश्वर’मार्फत कमब्याक गर्दैछिन्। उनी अभिनित फिल्म ‘ईश्वर’आगामी साउन ११ गते प्रदर्शनमा आउने तयारीमा छ। करिव ५ वर्षको अन्तरालमा फिल्ममा काम पाएकी अनुले फिल्म पाउन कठिन रहेको बताएकी छन्।
आइतबार फिल्मको प्रेसमिटमा उपस्थित भएकी अनुले फिल्म पाउन निकै कठिन रहेको भनाई छ।

sfal

उनले भनिन्, ‘निरन्तर फिल्म पाइरहन कठिन नै छ । ‘ईश्वर’ नै मैले ४÷५ वर्षपछि गरेकी हुँ । बीचमा कुनै फिल्म गरिनँ । अफर नै नआएको चाहिँ होइन । यद्यपि, विभिन्न कारणले गरिनँ ।’

उनले फिल्ममा काम नगरेता पनि म्यूजिक भिडियोको अभाव भने नरहेको दाबी गरिन्।अनुको कुरा गर्ने हो भने झन्डै १५ वर्षदेखि अभिनयमा अनु सक्रिय थिइन्। अभिनेता निखिल उप्रेती लगायतका फिल्ममा उनले अभिनय गरिरहेकी थिइन्। तर केहि वर्ष यता उनको ठुलो पर्दाको फिल्म हलमा आएको छैन्।

उनले फिल्म नपाउनुको कारण सहित भनिन्,‘कोरोना अगाडि मलाई फिल्मको अफर आइरहेकै थियो । म्यूजिक भिडियो त म हप्ताभरि नै गरिरहेकी हुन्थेँ । अहिले पनि म्यूजिक भिडियोको चाहिँ कमी छैन ।’ राजु गिरीले निर्देशन गरेको यस फिल्ममा अनुका अलवा बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.