सुचना, समाचार र मनोरन्जन

नेपाली अभिनेता अनुप बिक्रम बलिउडमा ‘ब्याटल अफ गलवान’मार्फत डेब्यू

काठमाडौं :

नेपाली अभिनेता अनुप बिक्रम शाहीले बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत आफ्नो बलिउड यात्रा सुरु गरेका छन्। सलमान खान स्टारर यो फिल्मबाट उनले डेब्यू गरेका हुन्।

अभिनेता शाहीले लद्दाखमा सम्पन्न पहिलो सेड्युलको छायांकनपछि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले लेखेका छन्, “सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड फिल्मको पहिलो तालिका पूरा गर्न पाउँदा सम्मानित र कृतज्ञ महसुस गरेको छु। अगाडिको यात्राको लागि उत्साहित छु।”

फिल्मलाई सलमान खान फिल्म्स (SKF) ले निर्माण गरिरहेको छ भने निर्देशन अपूर्व लाखियाले गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले पनि पहिलो चरणको सुटिङ सकेर मुम्बई फर्किएका छन्।

सन् २०२६ को बहुप्रतिक्षित फिल्म मानिएको ‘ब्याटल अफ गलवान’ को कथा २०२० जुन १५ मा गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपलाई केन्द्रमा राखेर तयार गरिएको हो। फिल्ममा सलमानले भारतीय सैनिक अधिकृतको भूमिका निर्वाह गरेका छन्। यसरी अनुप बिक्रम शाही अब आधिकारिक रूपमा बलिउड फिल्ममा प्रवेश गर्ने पहिलो पुस्ताका अभिनेतामध्ये एक बनेका छन्।

Leave A Reply

Your email address will not be published.