सुचना, समाचार र मनोरन्जन

प्रियंका-दीपिकाको सफलता हेर्दै अनुष्काको अन्तर्राष्ट्रिय चुनौती

काठमाडौं :

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले प्रियंका चोपड़ा र दीपिका पादुकोणको अमेरिकी फिल्म उद्योग (हलिउड)मा सफलता हासिल गरेका छन्। त्यसलाई उनीहरुले आफ्नो सफलता भन्दै खुशी व्यक्त गरेकी छन्।

अनुष्काले भारतिय मिडियामा भनेकी छन्,‘प्रियंका र दीपिकाले जुन सफलता पाएका छन्, त्यो मलाई धेरै गर्वको विषय हो। उनीहरूले न केवल बलिउडमा, तर विश्वभर भारतीय चलचित्रको प्रतिष्ठा बढाएका छन्।’

बलिउडमा आफ्नो स्थापित स्थान बनाइसकेकी अनुष्का अहिले विश्वव्यापी बजारमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्न चाहेको उनको भनाई छ। उनले भनिन्,‘म पनि अब अन्तर्राष्ट्रिय स्तरमा मेरो पहिचान बनाउन थप मेहनत गरिरहेको छु।’

हालै, अनुष्का शर्मा आफ्नो नयाँ फिल्म ‘‘चक्डा एक्सप्रेस’को तयारीमा व्यस्त छिन्। यो फिल्म भारतीय महिला क्रिकेट टोलीकी पूर्व कप्तान झूलन गोस्वामीको जीवनकथामा आधारित रहेको बताइएको छ । उनका अनुसार यो फिल्म हलमा भन्दा पनि नेटफ्लिक्समा प्रदर्शनको लागि तयार हुँदैछ। यस फिल्ममार्फत अनुष्का लामो समयपछि अभिनयमा फर्कन लागेकी हुन्।

प्रियंका र दीपिकाले विश्वका विभिन्न स्थानमा भारतीय चलचित्रलाई नयाँ उचाइमा पुर्‍याएकोमा अनुष्काले प्रशंसा गरिन् र तिनीहरूबाट आफूलाई प्रेरणा मिलेको बताइन्। यो समाचार आजको टाइम्स अफ इन्डियाबाट साभार गरिएको हो।

Leave A Reply

Your email address will not be published.