फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता लिएको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ११२औं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको हो ।
जुलियन अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।