सुचना, समाचार र मनोरन्जन

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

 

काठमाडौं : आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्।

 

Chaka Panja

उनले काठमाडौंको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

 

उनले भने, ‘छोराको हत्या गरी भागेको अवस्थामा असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरेका छौँ, उक्त विषयमा अहिले थप अनुसन्धान भइरहेको छ।’ असइ कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.