सुचना, समाचार र मनोरन्जन

दिपक मनाङे काठमाडौंबाट पक्राउ

 

काठमाडौं : गण्डकी प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्। ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका उनलाई मंगलबार नेपाल प्रहरीको सिआइबी टोलीले सानो भर्‍याङबाट पक्राउ गरिएको हो।

Chaka Panja

सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई पक्राउ गरिएको जानकारी दिए।  गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो।

ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौं जिल्ला अदालतमा उपस्थित गराइनेछ।

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

Leave A Reply

Your email address will not be published.