
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान
- पोखरामा चाडपर्व लक्षित उपभोक्ता सचेतना कार्यक्रम
- परम्परा तोड्दै प्रधानमन्त्री शाह, विदाइमा कुनै किसिमको ‘तामझाम’ नगरिने
- पोखरामा चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिता: कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’ प्रथम
- मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
- बजार अनुगमनमा भएको व्यवहारप्रति निजी क्षेत्रको असन्तुष्टि
- असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
- प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो
- हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही
- विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा
बेमौसममा पनि पर्यटकलाई लोभ्याउँदै पोखराको ‘असारे रोपाइँ महोत्सव’
पोखरा,
विशेषतः जुन, जुलाई र अगस्टलाई पोखरामा पर्यटकको बेमौसम (अफ सिजन) का रूपमा लिने गरिएको छ । यो समयमा मनसुनजन्य गतिविधि बढ्ने भएकाले पर्यटकको आगमन कम हुने गर्दछ ।
यो यामलाई लक्षित गरी पोखरा आयोजना हुँदै आएको असारे रोपाइँ महोत्सव यतिखेर पर्यटकलाई आकर्षित गर्ने महत्त्वपूर्ण गतिविधि बनेको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ प्रत्येक वर्षको असार १५ गते पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्षसम्म आइपुग्दा २०औँ संस्करणमा पुगिसकेको हो ।
परिषद्ले विसं २०६१ देखि बर्सेनि असारे रोपाइँ महोत्सव गर्दै आएको हो । प्रत्येक वर्षको वार्षिक कार्यक्रममा समावेश गरेर पोखराका पर्यटनसम्बद्ध संस्थाको छाता सङ्गठन परिषद्ले गर्दै आएको यो महोत्सव पोखराको महत्त्वपूर्ण पहिचान बनिसकेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए ।
“पोखराको पर्यटनमा अफ सिजनका रूपमा रहेको यो समयमा गर्ने गरिएको असारे रोपाइँ महोत्सवले केही दिनका लागि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाइँ लम्ब्याउन सहयोग पु¥याएको छ”, उनले भने ।
पछिल्ला वर्षमा यही महोत्सवलाई लक्षित गरी आएका पर्यटकको बसाइँ बढ्नुका साथै यहाँ आउनेक्रम पनि बढ्दै जान थालेको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

परिषद्ले हरेक वर्ष पोखरा क्षेत्रका विभिन्न ठाउँमा रोपाइँ महोत्सव गर्दै आएकामा यस वर्ष हुने २०औँ संस्करण पोखरा महानगरपालिका–२६ स्थित लेखनाथको गुँदेताल (तालबेँसी) क्षेत्रमा गरिने परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिउ । उन्का अनुसार परिषद्को आयोजनामा हुने यस महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको छ ।
महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुग्नुका साथै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायत उद्देश्य राखिएको उनले बताए ।
महासचिव सापकोटाका अनुसार महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मानलगायत विभिन्न कार्यक्रम राखिएको छ । महोत्सवमा विभिन्न देशका करिब २५० जना विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको उल्लेख्य उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।
“पर्यटनको बेमौसमका रूपमा रहेको यस समयमा गर्दै आइएको महोत्सवले केही न केही पर्यटकको आगमन बढाएको छ”, उनले भने, “यही रोपाइँ महोत्सवलाई लक्षित गरेर यहाँ बसिरहेका पर्यटकले आफ्नो बसाइँलाई केही दिन लम्ब्याउने गरेका पर्यटन व्यवसायीबाट जानकारी प्राप्त भएको छ ।” असारे रोपाइँ महोत्सव पर्यटनको बेयामका समयमा पनि उपयोगी बन्दै गएको उनले बताए ।
यस संस्करणको महोत्सवको प्रवर्द्धकका रूपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड रहेका छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य सङ्घले सहकार्य गरेका छन् ।
महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए ।