सुचना, समाचार र मनोरन्जन

‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक, सडक बालकदेखि गायक अशोक दर्जीको जीवनकथा

काठमाडौँ  :

कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने बहुप्रतिक्षित चलचित्र ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा सार्वजनिक गरिएको छ। टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रको ट्रेलरमा अशोक दर्जीको सडक बालकदेखि सांगीतिक सफलतासम्मको यात्रा भावनात्मक रूपमा चित्रण गरिएको छ।

ट्रेलरमा मन र धनबीचको द्वन्द्व, संघर्ष र सपना पछ्याउने एक बालकको प्रेरणादायी कथा देखाइएको छ। ‘बाटोमा गीत गाउदै माग्दै हिँड्ने’ अशोक दर्जीलाई संगीतकार टंक बुढाथोकीले साथ दिएपछि उनको जीवनमा आएको परिवर्तनलाई फिल्मले प्रस्तुत गरेको छ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रको कथा बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। फिल्मकी निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा सपना शर्मा (सपना) रहेकी छन्। सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे छन्।

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमा थपलिया, भोला सापकोटा, बुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा संगीत टंक बुढाथोकीकै रहेको छ भने छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी. गुरुङ र मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन्। चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

Leave A Reply

Your email address will not be published.