सुचना, समाचार र मनोरन्जन

छक्का पञ्जा टोलीसँग रमाए गेथेस्बर्गवासी नेपाली

गेथेस्बर्ग (अमेरिका) :

‘४ भाई इन्टरटेनमेन्ट’को प्रस्तुतीमा आयोजित ‘छक्का पञ्जा इन गेथेस्बर्ग’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कलाकार दीपक राज गिरी, दीपाश्री निरौला, जितु नेपाल अमेरिका भ्रमणका क्रममा आयोजना गरिएको सो कार्यक्रम भेटघाट तथा विदाइ स्वरूप गरिएको हो।

कार्यक्रममा वरिष्ठ कलाकार शिवहरी पौडेल र नायक प्रज्वल गिरीको विशेष उपस्थिती रहेको ‘४ भाई इन्टरटेनमेन्ट’का प्रमुख दिवश वनले जानकारी दिए। पहिलोपटक दिपक, दिपा र जितुलाई प्रत्यक्ष भेट्न पाएका स्थानीय नेपालीहरूको उत्साह उल्लेखनीय थियो।

कार्यक्रममा उपस्थित दर्शकले कलाकारहरूसँग नाचगान गरेर रमाइलो गरे। संयोजक निमेष गिरीले यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए।

‘४ भाई इन्टरटेनमेन्ट’का सल्लाहकार तथा चलचित्र प्रोडक्सन डिजाइनर कृष्ण कोइरालाले विदेशमा रहेर पनि नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले ठूलो योगदान दिने बताए। कार्यक्रममा उत्सव रिमाल, राजेन्द्र श्रेष्ठ र सञ्चारकर्मी सन्जु शाहीको पनि विशेष भूमिका रहेको थियो।

कार्यक्रमको संचालन गीतकार एवं निर्माता वाबुराम दाहालले गरेका थिए। दीपक राज गिरी, दीपाश्री निरौला, जितु नेपालले व्यक्तिगत र संयुक्त प्रस्तुती दिएर माहोललाई झनै रोचक बनाए।

Chaka Panja
Leave A Reply

Your email address will not be published.