सुचना, समाचार र मनोरन्जन

ग्लोबल स्टार अवार्डमा कोरियोग्राफर अश्विनी झा सर्वोत्कृष्ट, पल र यमसहित विभिन्न विधामा अवार्ड वितरण

काठमाडौं :

राजधानीको होटल मर्क्युरमा सम्पन्न ‘ग्लोबल स्टार अवार्ड–२०२६’ मा कोरियोग्राफर अश्विनी झाले ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ जितेका छन्। विगत लामो समयदेखि ब्युटी पेजेन्ट तथा फेसन क्षेत्रमा सक्रिय झालाई वर्षको उत्कृष्ट पेजेन्ट कोरियोग्राफर विधामा सर्वोत्कृष्ट घोषित गरिएको हो। तीन सयभन्दा बढी सोहरूको कोरियोग्राफी गरिसकेका झाले अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै आफ्नो टिम, आयोजक र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन्।

भव्य समारोहका बीच सम्पन्न उक्त अवार्डमा नेपाली कला, फेसन र संगीत क्षेत्रका अन्य चर्चित व्यक्तित्वहरूलाई पनि विभिन्न विधामा पुरस्कृत गरियो। जसअनुसार लोकप्रिय कलाकार पल शाहले ‘स्टार अफ द डिकेड’ को उपाधि चुम्न सफल भए भने वरिष्ठ गायक यम बराललाई ‘लेगेसी अचिभमेंट अवार्ड’ प्रदान गरियो। त्यस्तै, मोडल उषा उप्रेतीले ‘एक्सेलेंस ष्ल म्युजिक भिडियो मोडलिङ्ग अवार्ड’ र अम्बिका तामाङ्गले ‘राईजिङ्ग स्टार मोडलिङ्ग अवार्ड’ हात पारे।

भिडियो निर्देशनतर्फ देवेन्द्र पाण्डेले ‘एक्सेलेंस इन म्युजिक भिडियो डाईरेक्टर अवार्ड’ र अलिश खनालले ‘राईजिङ्ग स्टार म्युजिक भिडियो डाईरेक्टर अवार्ड’ जिते। यता फेसन र ब्युटी विधामा दिपा शाहीले ‘इन्नोभेटिभ ब्यूटी एक्सपर्ट अवार्ड’, सुष्मा घिसिङ्ग तामाङ्गले ‘क्रिएटिभ फेशन डिजाईनर अवार्ड’, श्रिनी धाख्वाले ‘इन्नोभेटीव फेशन डिजाईनर अवार्ड’ र रोजिना योन्जनले ‘इमरजींग फेशन डिजाईनर अवार्ड’ प्राप्त गरे।

यसैगरी, मोडलिङतर्फ सरिता तामाङ्गले ‘एक्सेलेंस इन फेशन मोडलिङ्ग अवार्ड’,सपना जनकले ‘स्टाइलीस मोडल अवार्ड’ र राधाकृष्ण बसौलाले ‘क्रिटिक्स चोइस मोडल अवार्ड’ जित्न सफल भए। इभेन्ट म्यानेजमेन्टतर्फ भोटिंग कम्पनी अभेंटोजलाई ‘अवार्ड अफ एक्सेलेंस इन इभेन्ट भोटिंग’ प्रदान गरियो। अवार्ड समारोहमा आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने देशका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष सम्मानद्वारा सम्मानित गरिएको थियो।

Leave A Reply

Your email address will not be published.