सुचना, समाचार र मनोरन्जन

अभियानका सदस्यलाई हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम

पोखरा :

पोखरा नगरपालिकामा अभियान महिला समुहले हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम संचालन गरेका छन्। उनीहरुको समुहले आफ्नो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटनमा शो कार्यक्रम थालनी गरेका हुन्।

सिप सिकै र आत्मनिर्भर बनौ भन्ने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि दुई दिने तालिम संचालन समेत गरिएको छ। तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गरेकी छन्। तालिमको पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले उद्घाटन गदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले वडामा यो नयाँ तालिम रहेकाले तालिमपछि समुहमा आवद्ध सदस्यहरुले हपिंक, फिनेल र झोल साबुन उत्पादन गरि ब्यवसायीसगै आत्मनिर्भर बन्ने बताए।

तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिईन। उनका अनुसार यो तालिमपछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम समेत गरिनेछ।

Leave A Reply

Your email address will not be published.