सुचना, समाचार र मनोरन्जन

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड,सिँगापुर र मलेशियामा

काठमाडौं :

क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ। यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना गरिने अवार्डका अध्यक्ष एवम् फिल्म तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले बताए।

Chaka Panja

गत वर्षबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्ड बिदेशमा आयोजना गर्न सुरु गरिएको हो। यो अवार्ड गतवर्ष मलेशियामा आयोजना गरिएको थियो। यसपटक यो अवार्ड थाईल्यान्ड, सिंगापुर र मलेशियामा आयोजना गरिने पनि अध्यक्ष उमेश गुरुङले जनाएका छन्। जसमा थाईल्यान्डमा अवार्ड समारोह र मलेशियामा साँगीतिक कार्यक्रम गरिने भएको छ। अवार्डमा सहभागी हुने कलाकारहरुले काठमाडौंबाट थाईल्यान्ड पुगेर अवार्ड ग्रहण गर्नेछन्।

त्यसपछि थाईल्याण्डको घुमघामपछि सिँगापुरमा एक दिन बसेर मलेशिया जाने छन्। मलेशियामा साँगीतिक कार्यक्रमको प्रस्तुतिपछि घुमघाम गरेर नेपाल फर्कने आयोजक गुरुङले जानकारी गराएका छन्। सर्जकलाई सम्मान गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नारासहित यो अवार्ड चार वर्ष अघिबाट सुरु भएको हो। बिगत झै यसपटक पनि यो अवार्डलाई प्रतिस्पर्धामुलक रुपमा आयोजना गरिने भएको छ। अवार्डमा प्राप्त भएका सृजनालाई मनोनयन सार्वजनिक गरेर सो मनोनयनबाट निर्णायकको निर्णय र भोटको आधारमा उत्कृष्ट चयन गरिने पनि गुरुङले बताएका छन्।

काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै आयोजक पक्षले अवार्डबारे जानकारी दिएको छ। अवार्डको लागि यसपटक पनि गीत संगीत, फिल्म, फेसन, मोडलिङका विभिन्न विधामा फारम भरेर सहभागी हुन पाईने पनि अध्यक्ष गुरुङले जानकारी गराए। जसमा २०८० साउनबाट २०८१ भदौ अन्तिमसम्म सार्वजनिक भएका गीत संगीत, फिल्म, म्युजिक भिडियो, फेशन, मोडलिङ विधाका श्रष्टाहरुले अवार्डमा सहभागी हुन पाउने पनि गुरुङले जानकारी गराएका छन्।

Leave A Reply

Your email address will not be published.