सुचना, समाचार र मनोरन्जन

लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड गरिदै

काठमाडौं :

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ लण्डनमा हुने भएको छ। नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार हुने हेतु लण्डनमा अवार्ड गरिने भएको हो।

शुक्रबार राजधानी आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लि. व्यवस्थापनमा भाद्र १५ गते लण्डन शहरमाबीच अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाको भनाई छ। यस ईन्फा अवार्डको जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य रहेका छन् ।

तत्कालीन युवराज बिरेन्द्र बीर विक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके । जस्ले चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गरिन्। अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवान सहित पुर्व अध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भब्य र सब्य हुने विश्वास चलचित्रकर्मीहरुले राखेका छन् । कृष्ण मल, नरेश पौडेल, यम बराल, मलिना जोशी लगायतका चलचित्रकर्मीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका छन्।

Leave A Reply

Your email address will not be published.