सुचना, समाचार र मनोरन्जन

बाराही हस्पिटालिटीको प्रभावशाली यात्रा : ४ होटलले पाए साउथ एसियन ट्राभल अवार्ड्स

पोखरा :

नेपाली पर्यटन र आतिथ्य क्षेत्रमा बाराही हस्पिटालिटीले गरेको योगदान पुनः एक पटक अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएको छ। बाराही हस्पिटालिटी अन्तर्गतका ४ उत्कृष्ट होटलले प्रतिष्ठित साउथ एसियन ट्राभल अवार्ड्स (साटा)२०२४ मा अवार्ड हात पारेका छन्। यो उल्लेखनीय उपलब्धिको श्रेय बाराही हस्पिटालिटीका संस्थापक बिप्लव पौडेललाई जान्छ, जसले आफ्नो मेहनत, दृष्टिकोण र नेतृत्वमा यस समूहलाई दक्षिण एसियामा उच्च स्थानमा पुर्‍याएका छन्।

पर्यटन क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका पौडेलको अथक प्रयास र अग्रगामी सोचले बाराही हस्पिटालिटीलाई सफलताको नयाँ उचाइमा पुर्‍याएको छ। काठमाडौंको ठमेलमा अवस्थित चार तारे स्तरको होटल बाराही काठमाडौंले ूदक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलू को गोल्ड अवार्ड जित्दै आफ्नो गुणस्तरको परिचय दियो। पोखराको सारङकोटमा रहेको सारङकोट माउन्टेन लजले ूमस्ट रोमान्टिक रिसोर्टको अवार्ड जितेर आफ्नो आकर्षणलाई अझ व्यापक बनाएको छ।

चितवनको मेघौलीमा रहेको बाराही जंगल लजले ‘लिडिङ वाइल्डलाइफ रिसोर्ट’ को सम्मान पाएको छ, जसले पर्यावरण संरक्षण र वन्यजन्तु पर्यटनमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। पोखराको नौ नम्बर स्ट्रिटमा रहेको होटल ‘आवास पोखरा’ले ‘लिडिङ सिटी होटल’को अवार्ड जित्दै बाराही समूहलाई थप प्रतिष्ठा प्रदान गरेको छ। बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाका अनुसार, यो सफलता समूहका सम्पूर्ण कर्मचारीहरूको कडा मेहनत र आतिथ्य सेवामा समर्पित भावनाले सम्भव भएको हो।

साउथ एसियन ट्राभल अवार्ड्स दक्षिण एसियाका पर्यटकीय गन्तव्य र आतिथ्य सेवा प्रदायकहरूको लागि सम्मानजनक मानिन्छ, जसले हरेक वर्ष उत्कृष्टताको कदर गर्दछ। बिप्लव पौडेलको नेतृत्वमा, बाराही हस्पिटालिटीले पर्यटनमा नवीनता र गुणस्तरीय सेवा प्रदान गर्दै नेपाललाई विश्व मानचित्रमा उभ्याउने काम गरेको छ।

Leave A Reply

Your email address will not be published.