सुचना, समाचार र मनोरन्जन

‘काँडा भएनि’को म्युजिक भिडियोमा जमे करण राई र मलिका महत

काठमाडौ :

‘द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई र अभिनेत्री मलिका महतले ‘काँडा भएनि’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्। करण र गायिका नितु पुनको स्वर रहेको यस गीतको भिडियोमा करण र मलिकालाई सुहाएको छ।

थुग्तेन डुक्पाको शब्द गायक तथा संगीतकार डम्बर नेपालीको संगीत रहेको यस गीतलाई महाराज थापाले एरेञ्ज गरेको छन् भने देबेश राईले मिक्सिङ मास्टरिङको भाग समालेका छन्।

बिक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा करण र मलिका प्रेमि–प्रेमीकाको भुमिकामा अभिनय गरेका हुन्। जहाँ एक मिलनको सम्योगमा तयार भएको भिडियोमा करण र मलिकाको धमाकेदार डान्सपनि देख्न सकिन्छ।

Pach Pandav

मलिकाले गीत मन परेकै कारण काम गरेको बताईन् । करणको काम प्रतीको लगनशिलताको तारिफ गर्दै मलिकाले भनिन्, ‘उहाले हाम्रो यो सहकार्य राम्रो बनाउनको लागी छोटो समयमा धेरै राम्रो डान्स सिक्नु भएको छ।’

त्यस्तै करणले पनि सार्वजनिक गीतको बारेमा बोल्दै डान्सिङ गीतमा आफ्नो प्रस्तुती बेस्ट दिने प्रयास गरेको बताए। मलिकाको तारिफ गर्दै करणले भने ‘मलिका जी संग काम गर्दा धेरै कुराहरु सिक्न समेत पाए।’

बिक्रमकै निर्देशनसंगै कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई प्रकाश खड्का एण्ड टिमको सिनेमाटोग्राफी रहेको छ । मिलन विश्वकर्माको इडिट तथा कलर रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।

Leave A Reply

Your email address will not be published.