सुचना, समाचार र मनोरन्जन

प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड

पोखरा,

पोखराका फोटो पत्रकार प्रेम थापा प्रतिष्ठित आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड–२०२६ बाट सम्मानित हुने भएका छन् । बंगलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिँदैछ।

Chaka Panja

इम्पेरियल होटल इन्टरनेसनलको आईएचआई सेलिब्रेसन काउन्सिलद्वारा १ मेमा हुने उक्त समारोहमा थापालाई फोटो पत्रकारिता, घटना दस्तावेजीकरण तथा सृजनात्मक दृश्य कथनका क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा यो सम्मान प्रदान गर्न लागिएको हो।

सिन्धुली जिल्लाको भीमस्थानका स्थायी वासिन्दा थापा लामो समयदेखि पोखरामा रही फोटो पत्रकारितामा क्रियाशील छन् । उनले सञ्चार माध्यमसहित निजी क्षेत्र, सरकारी निकाय, संघसंस्थामा फोटो पत्रकारका रूपमा कार्य गर्दै आएका छन् ।

नेपाली फोटो पत्रकारिता क्षेत्रमा उनको यो उपलब्धिलाई महत्वपूर्ण रूपमा हेरिएको छ । राष्ट्रिय फोटो पत्रकार संघ कास्कीका सचिव थापा चलचित्र पत्रकार संघ नेपाल कास्कीका कार्यसमिति सदस्य हुन् ।

Leave A Reply

Your email address will not be published.