सुचना, समाचार र मनोरन्जन

अल्लु अर्जुन, आलिया, कृतिले पाए राष्ट्रपतिबाट ६९ औं राष्ट्रिय फिल्मको अवार्ड

काठमाडौं :

सेलिब्रिटीको बाक्लो उपस्थिति रहेको नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा  अल्लु अर्जुन, आलिया भट्ट, कृति सेन लगायतका कलाकारले पुरस्कार प्राप्त गरेका छन्। समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कृत गरेकी हुन् ।

भारतिय सञ्चारमाध्यमका अनुसार पहिलोपटक अभिनेत्री कृति सेनन पुगेकी हुनु। उनले फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड उचालेकी छन्। अवार्ड ग्रहण गर्न राष्ट्रपति भवनमा पुगेकी सेनकलाकार उत्साहित देखिएकी थिइन्।

आलियाले भारतिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै यो अवार्ड आफ्नो सबथोक भएको प्रतिक्रिया दिएकी छन्। उनले भनिन्,‘यो सबथोकका लागि भगवान् र फ्यानलाई धन्यवाद दिन्छु ।’

Pach Pandav

उनले आफ्नो प्रार्थना सुनिएको भन्दै भगवानप्रति कृतज्ञता प्रकट गरिन्।

उनले अगाडि भनिन्, ‘मेरो प्रार्थना बल्ल सुनिएको छ । मलाई आशा छ, आजको यो दिन हजारौं सपना देख्ने र त्यसलाई साकार पार्न खोज्ने युवा र युवतीको जित समेत हो ।’

यता आलियाले पनि ‘गंगुबाई काठियावाडी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारिन्। उनले पनि यो अवार्ड पाउदा असाध्यै खुसी भएको प्रतिक्रिया दिइन्। सोही समारोहमा साउथ इण्डियन अभिनेता ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड ग्रहण गरेका छन् । उनी पनि अवार्ड समारोहमा निकै उत्साहित देखिएका थिए।

उता आर माधवन निर्देशित ‘रकेट्री ः द नाम्बी इफेक्ट’ले सर्वश्रेष्ठ फिल्मको पुरस्कार प्राप्त गर्यो भने विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ले नरगिस दत्त अवार्ड जित्न सफल भयो । यता वाहिदा रेहमानलाई दादा साहेब फाल्खे दीर्घ साधना सम्मान प्रदान गरियो। राष्ट्रपतिले पनि कलाकारहरुलाई सम्मान गर्न पाउँदा एकदमै खुशी भएको र अझ राम्रा सिर्जना पस्किन आग्रह गरिन्।

Leave A Reply

Your email address will not be published.