सुचना, समाचार र मनोरन्जन

अयोध्यामा १० लाख दीप प्रज्ज्वलन गरिदै

काठमाडौँ :

केहि दिन यता चर्चामा रहेको भारतको उत्तर प्रदेश राज्यको अयोध्यामा सोमबार (आज) राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुँदैछ । जहाँ भारतिय चर्चित कलाकारहरु समेत सामेल भइरहेका छन्। निकै लडाई पछि भारतमा रामको जन्मभूमि अयोध्यामा मन्दिर निर्माण भएको हो।
सन १९९८ मा तयार भएको यो अयोध्यामा निर्माणमा गर्न लामो समय लाग्यो। यसलाई अहमदाबादस्थित सोमपुरा परिवारले डिजाइन गरेका थिए। भारतको सर्वोच्च अदालतको फैसलापछि सन् २०२० मा सोमपुरा परिवारले नै यसमा केही परिमार्जन गरेको थियो । भारतिय मिडियाका अनुसार राम मन्दिरको प्राण प्रतिष्ठा अघि मङ्गल ध्वनि वादन हुनेछ ।

Gokarna Karki

त्यसका लागि अयोध्यामा भारतका विभिन्न राज्यबाट वाद्ययन्त्र लगिएको छ। उत्तर प्रदेशबाट बाँसुरी र ढोलक, ओडिशाबाट मर्दल, कर्नाटकबाट वीणा, मध्यप्रदेशबाट सन्तूर, पञ्जावबाट अलगोजा, मणिपुरबाट पुङ्ग, महाराष्ट्रबाट सुन्दरी, असमबाट नगाडा, दिल्लीबाट सहनाई, राजस्थानबाट रावणहत्था, बिहारबाट पखावज, गुजरातबाट सन्तार र पश्चिम बंगालबाट श्रीखोल लगिएको छ। सोमबार नै भगवान रामललाको स्वागतमा अयोध्यामा दीपावली गरिने छ भने १० लाख दीप प्रज्ज्वलन गरिनेछ । प्राण प्रतिष्ठाका लागि जम्मा ८४ सेकेन्ड शुभ मुहूर्त छ ।

Leave A Reply

Your email address will not be published.