सुचना, समाचार र मनोरन्जन

‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है?’ : रवि लामिछाने

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रकाशित कान्तिपुर दैनिकको समाचारले गाली खाइरहेका छन्। सामाजिक सञ्जालमा कान्तिपुर दैनिकको पहिलो पृष्ठ नै सामाजिक सञ्जालमा राखेर उनलाई गाली गर्नेको ठुलै समुह लाग्यो।

कान्तिपुरले सहकारीका अभिलेख तथा प्रतिवेदन मात्र होइन, गोर्खा मिडिया नेटवर्कका नाममा भएका बैंकिङ कारोबारको विषयलाई लिएर समाचार प्रकाशित भएको थियो। सहकारीमा जम्मा गरेको बचत उठाएर गोर्खा मिडियामा सेयर लिएका थिए र जाने बेलामा सेयर बेचेबापत आएको रकम खातामा एक करोड ८० लाख सारेको आरोप लागेको थियो।

Chaka Panja

यसको खण्डन गर्दै साँझ प्रेस मिट राख्ने तयारी भइरहेको बताएका छन्। उनले लेखेका छन्,‘मिडियामा निरन्तर आइरहेका ‘स्लिप’मा कोहि ‘स्लिप’ हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

उनले यअगाडी सामाजिक सञ्जालमार्फत गाली गर्न छुट्नुभयो कि ? छुटेको भए गाली गरिहाल्न भन्दै प्रश्न गरेका छन्।

‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है,’उनले अगाडी लेखेका छन्,‘मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु।’

Leave A Reply

Your email address will not be published.