सुचना, समाचार र मनोरन्जन

पर्सनल अट्याक गरेकोप्रति माफी मागे रवि लामिछानले

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारकर्मीमाथि पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको बताएका छन्। उनले सोमबार पत्रकार सम्मेलनकाक्रममा अघिल्लो पत्रकार सम्मेलनमा आफुले बोलेको कुरा गलत भएको स्वीकार गरेका हुन् ।

उनले अघिल्लो पत्रकार सम्मेलनमा मिडियाका साहु डा. रामेश कोइराला, धर्म भुसाल, सम्भव सिरोहिया लगायतलाई पर्सनल अट्याक गर्नु आफ्नो गल्ती भएको बताए ।

Chaka Panja

पत्रकार सम्मेलनमा भने,‘अघिल्लो प्रेसमिटमा मैले कतिपय साथीहरुलाई पर्सनल अट्याक पनि गरेको छु आवेगवश । त्यसको लागि क्षमा चाहन्छु ।’

उनले गत एक वर्ष अघिको पत्रकार सम्मेलनमा १२ भाइ सम्पादक भन्दै केही सञ्चारकर्मीको नाम लिएका थिए।‘त्यस्तो आज पनि हुन्न, भविष्यमा पनि त्यस ढंगले प्रस्तुत हुने विचार गरेको छैन,’उनले अगाडी भने।

सोमबारको कान्तिपुर दैनिक पत्रिकामा सहकारीबाट एक करोड ८० लाख लगेको समाचार छापिएको थियो। जसको प्रतिउत्तर उनले सोमबार पत्रकार सम्मेलन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.