सुचना, समाचार र मनोरन्जन

‘बाः एक योद्धा’ आजबाट प्रदर्शन

काठमाडौं :

चलचित्र ‘बाः एक योद्धा’ आजबाट प्रदर्शनमा आएको छ। काठमाडौं, नेपागञ्ज, दाङ, धरान र बुटवलमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र आजबाट देशभरका हलमा प्रदर्शनमा आएको हो।

प्रिमियरमा चलचित्र हेर्ने अधिकांशले दिव्य देवको सिने करियरकै ट्रनिङ पोइन्ट ‘बाः एक योद्धा’ बन्ने बताएका छन् । सुहाना थापाको अहिलेसम्मको फरक र राम्रो चलचित्र भनेर दर्शकले तारिफ गरेका छन् । प्रिमियरमा सहभागी दर्शकले चलचित्रको कथा धेरै परिवारसँग जोडिन सक्ने प्रतिक्रिया दिएका छन् । विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई पर्दामा प्रस्तुत गरिएकाले दर्शकले यसलाई रिलिट गर्ने यो सिनेमाले प्रतिक्रिया पाएको छ ।

Gandarbha

‘बा : एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ।सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ। ‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्। शिवराम श्रेष्ठको छायाकंन रहेको छ। ‘बाः एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ।

Leave A Reply

Your email address will not be published.