सुचना, समाचार र मनोरन्जन

‘पिरतिको गीत’ सुनाउदै बबिना

काठमाडौं :

मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतिको गीत’ । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छन्।

Chaka Panja

पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् । उनले यो गीतबाट पनि दर्शकको माया पाउने अपेक्षा गरेकी छन्।

गीतकार हरिराम पौडेलले लेखेका शब्दलाई गीतमा स्वर र संगीत बबिनाले भरेकी हुन् । बबिना भट्टराईको अफिसियल यु्ट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्वारा निर्मित गीतको भिडियोमा बबिना आफैँ फिचर्ड छिन् ।

Leave A Reply

Your email address will not be published.