
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी
- साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
- पोखरा रंगशालामा युनाइटेड क्लबद्वारा ११ थान कुर्सी जडान गरी हस्तान्तरण
- पोखरामा कात्तिक १५ गते ‘रोयल ब्लु कमेडी उत्सव’, ६ चर्चित हास्यकलाकारको प्रस्तुति रहने
- शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक
- एनपीएलः चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन
- एनपीएल क्रिकेटः आज दुई खेल हुँदै
- पोखरा एभेन्जर्सको पहिलो खेल बुधबार, हल्लनचोकको फ्यान पार्कमा लाइभ हेर्न पाइने
- मुस्ताङमा नेवारी फल्चा, ललितपुरमा मुस्ताङको स्याउ
- दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक
बबिनाको मायामा उतार चडाव : ‘तिम्ले छोडी’मा यस्तो भाव
काठमाडौं :
प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । “तिम्ले छोडी” बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ ।

यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ । गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवि पन्थीको तर्क छ । र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ । यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गरेकी हुन् ।
बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ । बलराम समालले संगीत सम्योजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । भिन्न प्रयोगको बबिना र समुहको यो प्रयासले संगीत क्षेत्रमा सकारात्मकता ल्याउने अपेक्षा गरिएको छ ।