Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चोट र चुनौती चिर्दै ‘सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न,‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादु कस्तो होला ?
- सिड्नीमा ‘मालती मंगले’को प्रिमियरमा दर्शकको ओइरो,८ गीत गाएर रामकृष्णले जिते मन
- सौगातले गरे ‘पञ्चमी’ निर्माणको घोषणा, उपन्यासबाटै बन्दैछ साइकोलोजिकल मिस्ट्री थ्रिलर
- दिव्याको ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’जताततै चर्चा,निर्माण टिम हर्षित
- गुरुपुर्णिमाको अवसरमा ‘पार्वती’को दर्शकलाई टिजर उपहार, टिजरमा दिदीभाईको कारुणिक कथा
- गौरी, तृप्ति र रेखाको फिल्म ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
- पोखरामा सार्वजनिक भयो प्रोटोन इ.मास ५, सुरुवाती मूल्य २९.९९ लाख
- आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
- नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
- सर्वोच्चले भन्यो “चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रशारण नगर्नु”
बबिनाको मायामा उतार चडाव : ‘तिम्ले छोडी’मा यस्तो भाव
काठमाडौं :
प्रेम भाव र प्रेममा आउने उतारचडाव समेटेर बबिना भट्टराईले गीत सार्वजनिक गरेकी छन् । “तिम्ले छोडी” बोलको गीतमा यही प्रेम भावमा देखाईने घुर्कीका शब्द समेटिएको छ । नजाउ भन्न इगोले नदिने र जान मनले नदिने भावलाई नै गीतको मुख्य विषय बनाइएको छ ।
यो गीतलाई नेपालको पहिलो चारु गीत भनेर चर्चा गरिएको छ । गजलको ढाँचा अवलम्बन गरी गजल कै शैलीमा कुनै छन्द या लयमा बहेर लेखिने रचना चारु रहेको डाक्टर देवि पन्थीको तर्क छ । र, यो गजलको विकल्पमा गजल शुद्धीकरणका निम्ति प्रयोगमा ल्याइएको स्वतन्त्र विधा हो भनिएको छ । यही भावमा नेपालकै पहिलो भन्दै बबिनाले गीत सार्वजनिक गरेकी हुन् ।
बबिनाको स्वर संगीत रहेको गीतमा लक्ष्मी प्रसाद मिश्रका शब्द समेटिएको छ । बलराम समालले संगीत सम्योजन गरेको गीतको भिडियो कन्सेप्ट र निर्देशन झल्को कृएसनको रहेको छ । भिडियो बबिनालाई केन्द्रमा राखेर मेहेफिल शैलीमा बनाइएको छ । भिन्न प्रयोगको बबिना र समुहको यो प्रयासले संगीत क्षेत्रमा सकारात्मकता ल्याउने अपेक्षा गरिएको छ ।