सुचना, समाचार र मनोरन्जन

बबिनालाई ओढाइदिए देवेन्द्रले चिसो पछ्यौरी

काठमाडौँ :

डाक्टर देवेन्द्र आचार्यको रचनामा तयार पारिएको गजल ‘म तिम्रै यादमा’ सार्वजनिक भएको छ। बबिना भट्टराईको स्वर तथा संगीत रहेको उक्त गजल बबिना भट्टराईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

म तिम्र्रै यादमा जिउँदैछु
तिमीलाई सम्झेर आँसु पिउँदैछु

मनकै छुराले रेटिदियौ
मनकै कुराले म सिउदैछु ।

चिसो पछ्यौरी ओढाइदियौ,
तिमी न्यानो भइ गयौ म हिउँदै छु ….

मानव मनको गहिराइ, सम्बन्धको जटिलता र विरहको मनोविज्ञानलाई समेटेर तयार पारिएको गजल प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको हो। यस गजलको एरेन्ज तथा मास्टरिङ किरण कँडेलले गरेका हुन् भने रेकर्डिङ र मिक्सिङको काम किरण तण्डुकारले गरेका छन्।

त्यस्तै, सार्वजनिक गजलको भिडियो निर्देशन केशव भट्टले गरेका छन् भने दृश्य सम्पादन मीन रावलको रहेको छ। भिडियोमा बबिना भट्टराईको अभिनय समावेश छ।

Leave A Reply

Your email address will not be published.