सुचना, समाचार र मनोरन्जन

सोमबार कहाँ–कहाँ छ बाढीको जोखिम?

काठमाडौँ,

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

सोमबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान छ।

आज दार्चुला, बैतडी, डोटी, अछाम, सिन्धुपाल्चोक, दोलखा, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान देखिएकोले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता आवश्यक देखिन्छ ।

कञ्चनपुर, कैलाली, डडेल्धुरा, बझाङ, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, सल्यान, रोल्पा, प्युठान, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, सोलुखुम्बु, सङ्खुवासभा, रामेछाप, खोटाङ र आसपासका जिल्ला भई बहने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान रहेकोले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

Leave A Reply

Your email address will not be published.