सुचना, समाचार र मनोरन्जन

सलमान खान – ‘ब्याटल अफ गलवान’ अब ‘मातृभूमि’

मुंबई :

सलमान खान अभिनित युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन गरेर नयाँ शीर्षक ‘मातृभूमि’ राखिएको छ। सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन्।

Chaka Panja

पोस्टरमा सलमान रगताम्य अवस्थामा काँडेतार बेरिएको लठ्ठी रोक्दै उभिएका देखिन्छन्। उनले क्याप्सनमा “युद्धले शान्ति पाओस्” लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन्।

निर्देशक अपूर्व लाखिया र अभिनेत्री चित्रांगदा सिंह समेत फिल्म निर्माणमा संलग्न छन्। पोस्टरमा फिल्मको प्रदर्शन मिति उल्लेख छैन, यद्यपि पहिले अप्रिल १० मा रिलिज हुने घोषणा गरिएको थियो।

सलमानले डिसेम्बरमा सार्वजनिक टिजरमा पूर्वी लद्दाखमा चिनियाँ सेनाविरुद्ध सैनिकको नेतृत्व गर्दै गरेको दृश्य देखिएका थिए। केही दर्शकले पोस्टरको दृश्य ‘गेम अफ थ्रोन्स’ को ब्याटल अफ द बास्टड्र्ससँग मिल्दोजुल्दो भएको टिप्पणी गरेका छन्। सलमानले प्रतिक्रिया दिँदै भने, “मेरो पात्र कर्नेल हो, त्यसैले अत्यधिक चिच्याउने अभिनय मेल नखाने”।

Leave A Reply

Your email address will not be published.