काठमाडौँ,
जल तथा मौसम विज्ञान विभागले नवलपरासी पूर्व र रुपन्देही जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागले पछिल्लो ३ घण्टामा नवलपरासी पूर्वको सेमारी वर्षा मापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार भारी वर्षाका कारण सो क्षेत्र भएर बग्ने स(साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।
यसैगरी, रुपन्देही जिल्लाको तिनाउ खोला बुटवल जलमापन केन्द्रमा पनि जलसतह सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ। नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा रहेका मानिसहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।