Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सुशील र न्यान्सीको फिल्म ‘अक्षरा’ ले पायो युनिभर्सल सर्टिफिकेट,सबै उमेरका दर्शकले हेर्न पाउने
- ‘बेहुली’को ट्रेलरले रच्दै इतिहास: २४ घण्टामै १० लाख भ्युज पार
- असोज २ गते रिलिज हुने ‘कार्की साइँला’को ट्रेलरमा भरियाको सङ्घर्ष र पुरुषको पीडा
- प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
- फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
- अस्ट्रेलियामा शोभित बस्नेत र सन्तोष तिवारीको सक्रियतामा नेपालका बाढीपीडितका लागि ३३ लाखभन्दा बढी राहत संकलन
- पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता
- पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या
- भोटेकोशीमा बाढीः वीरबहादुरको एक कलले बचायो करिब ३० परिवारलाई
- इरान युद्धले बढायो अमेरिकी उपभोक्ताको इन्धन खर्च
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ ।
राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामेरा सङ्कलन भइरहेको हो । “शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामेराहरु सङ्कलन भइसकेका छन्,” उहाँले भन्नुभयो, “सङ्कलन भएका क्यामेराका तस्बिरहरुको विश्लेषण गरेर बाघको सङ्ख्या पत्ता लगाइन्छ ।”
यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ । बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामेरा जडान गरिएका थिए । सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए ।
निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ । निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन् । यस पटकको राष्ट्रिय गणनामा पनि सोही सङ्ख्यामा बाघको सङ्ख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरुको छ । “ निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै सङ्ख्या नबढेका हुनसक्छन्,” संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “यसपटकको राष्ट्रिय गणनामा पनि त्यही सङ्ख्या हुनसक्छ ।”
Next Post