सुचना, समाचार र मनोरन्जन

बागमती खोलाको डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरूद्ध

काठमाडौँ,

बाढीले डाइभर्सन बगाएपछि हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ अवरूद्ध भएको छ । गएरातिको पानीले बागमती खोलामा बाढी आएर डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ को सिमाना रहेको बागमती खोलामा बनाइएको डाइभर्सनबाट गाडी सञ्चालन हुँदै आएको थियो । अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.