सुचना, समाचार र मनोरन्जन

अवरुद्ध सडकमा वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीको अनुरोध

नवलपुर,

पूर्व पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा सडक अवरुद्ध भएको छ । नवलपरासीमा पुल भाँचिएर र काभ्रेमा बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो ।

नवलपरासीको कावासोती–दुम्कीवास खण्डको बीचमा पर्ने गिरुवारी खोलाको पुलको बीच भाग भाँचिएपछि आवतजावतमा रोक लगाइएको छ ।

ठूलो ट्रक पार गर्ने क्रममा पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सयौं यात्रु र गाडी चोरमारा र अरुणखोलामा रोकिएका छन् । ठूला टेलरबाहेक अरु गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिण लागेर तम्सरिया गाउँबाट खोला तरी रानीटार हुँदै फुलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिन्छ । यस्तै पश्चिमबाट पूर्व जाने गाडी फुलबारीबाट दक्षिण लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कन सक्छन् ।

Leave A Reply

Your email address will not be published.