
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पेन्सन पट्टा र कबड्डी ५ को कमाईले दयाहाङको मुहारमा चमक
- कांग्रेस आफैँमा तरुण बन्दै गएको अनुभूति भएको छः विश्वप्रकाश शर्मा
- हरिवंश आचार्यको डबिङसँगै सुरु भयो फिल्म ‘चिरञ्जीवी भवः’को पोस्ट प्रोडक्सन
- सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधिमा कुनै भिन्नता छैनः मन्त्री पोखरेल
- काजीको मनोभाव समेटिएको ‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक
- एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो
- विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल, बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस
- कांग्रेसको युवा क्लस्टरमा उमेर विवाद, सौगात थापाद्धारा निष्पक्ष छानविनको माग
- अब आइतबारसम्म धान नकाट्न मौसमविद्को सुझाव
- नेपाल प्रिमियर लिगमा आज दुई खेल हुदै
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
काठमाडौँ,
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन ।
भृकुटीमण्डपको आज अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र काट्दैछौँ ।”

मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पार्नुभयो । उनले भनिन, “सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।”
बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ ।
भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले आज विस्तृतमा अवलोकन गरिएको बताइन ।