सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सरकारलाई बालेनको चेतावनी : धरहराबाट पार्किङ हट्दैन

काठमाडौं :

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई धरहराको निःशुल्क पार्किङ बन्द गर्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै धरहराबाट पार्किङ नहट्ने बताएका हुन्।

केहि दिन अघि शहरी विकास मन्त्रालयले आफुसँग महानगरनगरपालिकाले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै ध्यानाकर्षण गराएको थियो। जसको जवाफमा मेयर बालेनले यो पत्र आफुलाई लेख्नुको सट्टा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाउन आग्रह गरेका छन्।

IVF Big

बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको टिप्पणी गर्दै पार्किङ बन्द नहुने उल्लेख गरेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्दा दिएको अभिव्यक्तिको स्मरण गराउँदै बालेनले भनेका छन्, ‘पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा ‘नबनेको भए म बीसौं तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।’

एक साता अघि महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि धरहरामा निःशुल्क पार्किङको व्यवस्था गर्दै आएको छ।

उनले पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको भन्दै महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी दिएका छन्। एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले २ वर्ष अघि आफु प्रधानमन्त्री हुँदा धरहरा उदघाटन गर्दै छिट्टै सर्वसाधारणका लागि खुल्ने जानकारी दिएका थिए। जुन अहिलेसम्म नि कुनै काम पुरा हुन सकेको छैन।

Leave A Reply

Your email address will not be published.