सुचना, समाचार र मनोरन्जन

पोखरामा भोलिबाट एसआई यूकेको ‘यूके एजुकेशन फेयर’

काठमाडौं :

शैक्षिक परामर्शदातृ संस्था एसआई यूकेले पोखरामा ‘यूके एजुकेशन फेयर २०२४’ कार्यक्रमको आयोजना भएको छ। सोमबारबाट आयोजना हुने फेयरमा सहभागिता जनाउन बेलायतका ३५ विश्वविद्यालयका प्रतिनिधिहरू पोखरा आइपुगेका छन् ।

Chaka Panja

फेयर आयोजकका अनुसार विद्यार्थीलाई बेलायतको शिक्षा नीति, विश्वविद्यालयले दिने सुविधा, छात्रवृत्ति, त्यहाँको बसाई र रोजगारीका अवसरबारे विश्वविद्यालयका प्रतिनिधिले नै जानकारी दिनेछन् । फेयरमा सहभागी विद्यार्थीले तुरून्तै अफर लेटर पाउने र छात्रवृत्ति पनि प्रदान गरिने एसआई यूकेले बताएको छ।

एसआई यूकेका निर्देशक विनय अधिकारीले पोखराको चिप्लेढुङ्गास्थित यूएफओको अगाडि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको माथिल्लो तलामा रहेको कार्यालयमा यूके एजुकेशन फेयर हुने जानकारी दिए ।

एसआई यूकेबाट एप्लाई गर्ने विद्यार्थीले मास्टर्स पढ्न जाँदा डिपेण्डेन्ट पनि लिन पाउने सुविधासहितको अफरसहित पोखरा आएको अधिकारीको भनाई छ । एसआई यूकेबाट एप्लाई गर्ने विद्यार्थीलाई बेलायतमा खाने, बस्नेसहितको सुविधा पनि पाउने समेत उनले बताए।

Leave A Reply

Your email address will not be published.