सुचना, समाचार र मनोरन्जन

काठमाडौँ र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक छ, अन्याय हुँदैनः बालेन

काठमाडौँ,

रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले झापा– ५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा–५ का उम्मेदवार बालेनसँग स्थानीयले जग्गाधनी पुर्जा (लालपुर्जा) को विषयमा गुनासो राखेका थिए ।

स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानुनी दुवै पक्षबाट हेर्नुपर्ने बताएका थिए । बालेनले काठमाडौँको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने बताए ।

उनले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पुर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नुभन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका थिए ।

उनले आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पुर्जा पाउने व्यवस्था मिलाइने आश्वासन समेत दिए ।

Leave A Reply

Your email address will not be published.