काठमाडौं :
प्रधानमन्त्रीको सपथ लिनअघिल्लो दिन बालेन शाहले गीत ‘जय महाकाली’ रिलिज गरे। जुन गीतले अहिले कीर्तिमान रचेको छ। बिहीबार बेलुका सार्वजनिक भएको यो गीतले १२ घण्टाभित्र युट्युबमा अहिलेसम्म सर्वाधिक हेरिने नेपाली गीत बनेको छ। शुक्रबार बिहान ८ : २० बजेसम्म यो गीतलाई २२ लाख ४० हजार पटक हेरिएको देख्न सकिन्छ।
यो नेपाली गीत संगीतमा सर्वाधिक हेरिएको गीतमध्ये पहिलो हो। यसअघि २४ घण्टाभित्र युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतमा दुर्गेश थापाको ‘जाने भए जाम माया’बोलको गीत थियो।
यो समाचार तयार पार्दासम्म बालेनको गीतलाई ३७ हजार हाराहारी कमेन्ट आएको छ। साथै ३ लाख २१ हजारले लाइक गरेका छन्। त्यसैले यो गीतले भ्यूजमा उछाल मारेको छ भने नेपाली गीतसंगीतमा रेकर्ड पनि रचेको छ।
‘जय महाकाली’ गीतको अडियो ११ वर्षअघि नै रिलिज भैसकेको थियो भने यो रि(मास्टरिङ गरेर यसलाई पुनः रिलिज गरिएको हो। यो गीतले एक सातामा राम्रै दर्शक पाउने देखिन्छ।