सुचना, समाचार र मनोरन्जन

नेपालगञ्जमा बालेन समर्थक गाडीबाट खस्दा ५ जना घाइते

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलनसँगैको सडकमा गाडीबाट खसेका छन् ।

बालेन नेपालगञ्ज जाने भएसँगै उनका समर्थकहरू विमानस्थल पुगेका थिए । समर्थकको गाडीमा चढेका केही व्यक्ति गाडीको पछाडिको ढालाबाट खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीले बताए ।

‘४÷५ जना समर्थकहरु गाडीबाट खसेको भन्ने आएको छ । विमानस्थलभित्रैको सडक भएकाले गाडी स्पिडमा नभएको हुँदा सामान्य घाइते भएको भन्ने जानकारी आएको छ’ एसपी जिसीले भने ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावमा बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन् । उनी चुनावी प्रचार(प्रसारका लागि अहिले पश्चिततर्फ गएका छन् । बालेन भने झापा ५ बाट चुनाव लड्दैछन् ।

झापामा उम्मेदवारी दिएर पूर्वी पहाडी जिल्ला पुगेर बालेन काठमाडौं फर्किएका थिए । त्यसपछि उनी आज पश्चिम लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.