सुचना, समाचार र मनोरन्जन

बलीको ‘हेलो माइ हर्ट’

काठमाडौं :

अंग्रेजी भाषामा रहेको गीत ‘हेलो माई हर्ट’सार्वजनिक भएको छ । बली गुरुङको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सहित रिलिज भएको हो।

भुटानमा जन्मिएका बली गुरुङ नेपालको २० वर्ष बसाईपछि अर्थात सन् २०१२ मार्च १ तारिखमा अमेरिका गएका थिए । नेपाली र अंग्रेजी गीत संगीतमा रुची राख्ने उनले दुवै भाषाका गीतहरु सार्वजनिक गरेका छन्।

‘हेलो माई हर्ट’ मा राजु कार्कीको एरेञ्ज रहेको छ भने भिडियोमा गायकै निर्देशन छ। बुद्धि राईको छायांकन, भुवन क्षत्रीको सम्पादन रहेको भिडियोमा बली राई र अम्बेर स्मिथको अभिनय रहेको छ ।

Leave A Reply

Your email address will not be published.