सुचना, समाचार र मनोरन्जन

हल हलमा समिर भट्ट,दर्शकले खिचे फोटो र भिडियो

काठमाडौं :

असोज १३ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ ले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ। बडादसैँको फूलपातीको अवसर पारेर रिलिज गरिएको चलचित्र हेर्न काठमाडौँदेखि बाहिरी जिल्लासम्मका हलहरू खचाखच भरिएका छन्।

दर्शकले चलचित्रलाई ‘मास इन्टरटेनिङ’ को नयाँ स्तरको रूपमा लिएको बताउँदै आमा–छोराबीचको भावनात्मक कथा, त्याग र देशभक्तिपूर्ण प्रस्तुतीले आँसु झार्ने अनुभव सुनाएका छन्। कतिपयले चलचित्रले नेपालको वर्तमान यथार्थलाई पर्दामा प्रस्ट उतारेको भन्दै दोस्रो भाग समेत बन्नुपर्ने चाहना व्यक्त गरेका छन्।

प्रमुख अभिनेता समीर भट्ट को अभिनय र एक्सनलाई विशेष प्रशंसा गरिएको छ। धेरैले उनलाई नयाँ पुस्ताको ‘एक्सन स्टार’ को रूपमा चित्रण गरेका छन्। साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकीलगायत कलाकारहरूको अभिनयले चलचित्रलाई अझ बलियो बनाएको दर्शकको प्रतिक्रिया छ।

हाल चलचित्र देशभर २५० भन्दा बढी शोमा प्रदर्शन भइरहेको छ। काठमाडौँका विभिन्न हलमा निर्देशक सन्तोष सेन, निर्माता प्रेम पुरी र पवन बिस्ट, साथै कलाकार टोली दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। उनीहरूले दर्शकको उत्साहलाई चलचित्रको ठूलो उपलब्धि भनेका छन्।

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको ‘बलिदान’ का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

Leave A Reply

Your email address will not be published.