सुचना, समाचार र मनोरन्जन
jaar

‘बलिदान’का लागि अर्पण थापा अनुबन्धित

काठमाडौं :

आशुसेन फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘बलिदान’का लागि अर्पण थापा अनुबन्धित भएका छन् । निर्माण टिमले तिहारको छेको पारेर अनुबन्धित गरेको हो। यो फिल्ममा उनको भुमिका समेत सार्वजनिक गरिएको छ।

निर्माण टिमका अनुसार उनकोभुमिका विदेशीको इशारामा चल्ने कुटिल नेताको रहनेछ। उनीसँगै केहि कलाकारको टुङ्गो भने तिहारपछि मात्रै हुने निर्देशक सन्तोष सेनले जानकारी दिए। यतिबेला अर्पण अभिनित फिल्म ‘दिमाग खराब’ हलमा चलिरहेको छ।

आगामी पुस पहिलो सातादेखि छायांकन हुने भनिएको फिल्मको लक्ष्मीपूजाको दिनमा टिजर समेत सार्वजनिक गरिएको छ। यस अघि सन्तोष सेनले ‘प्रेमगीत’ र यसको सिक्वेल निर्माण गरेका थिए।

Leave A Reply

Your email address will not be published.