गण्डकी,
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
गण्डकीमा पाँच बालमैत्री नगरपालिका
बागलुङको जैमिनी नगरपालिकालाई सोमबार बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषण गरिएसँगै गण्डकी प्रदेशमा बालमैत्री नगरपालिकाको सङ्ख्या पाँच पुगेको छ ।
बालमैत्री स्थानीय शासन ‘राष्ट्रिय रणनीति, बालमैत्री कार्यान्वयन कार्यविधि–२०६८’ र ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८’ मा विभिन्न ५१ सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका÷गाउँपालिका घोषणा गर्न सकिने व्यवस्था छ ।
सरकारले विसं २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासनयुक्त बनाउने लक्ष्य लिएको पोषणमैत्री अभियानका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले जानकारी दिनुभयो ।
बाल बचाउमा १४, बाल संरक्षणमा १० बाल विकास र बाल सहभागितामा छ÷छ गरी सेवा प्रवाहसम्बन्धी ३६ र संस्थागत विकासमा १५ गरी ५१ वटा सूचक पूरा हुनुपर्ने प्रावधान छ ।
बालमैत्री स्थानीय शासनयुक्त घोषणासँगै सम्बन्धित स्थानीय तहलाई बालश्रममुक्त, बालविवाहमुक्त र सडक बालबालिकामुक्तसमेत घोषणा गर्ने गरिएको छ ।