Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तमु कलाकार कल्याणकारी कोष सञ्चालन समिति गठन, संयोजकमा हुमबहादुर गुरुङ
- धार्मिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको पक्षमा क्षत्री समाज नेपालको अपिल
- ‘तीन तीघ्रे क्या बिग्रे’ले गर्यो नयाँ सुरुवात, चलचित्र प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा
- धमिलिएको सद्भाव: विवेक कि बन्दुक ?
- साउन १६ गते शनिबारको राशिफल पढ्नुहोस
- रेडक्रस कास्कीले गर्यो ४५ जनालाई व्यक्तिगत तथा संस्थागत सम्मान, थापाको ८५ औँ पटक रक्तदान
- लाहुरे समाजको परिवेश, मौलिक गुरुङ संस्कृति र मानवीय संवेदनालाई पर्दामा उतार्दै भदौ २६ मा आउँदैछ ‘पेन्सन पट्टा’
- ‘पार्वती’को टिजरबाटै दर्शक जित्दै नीता, अभिनयसँगै निर्देशनमा पनि अग्निपरीक्षा
- सृष्टि, नम्रता र नीतिको साथमा दिल श्रेष्ठ अभिनित फिल्म ‘माया भनेकै यस्तो होला’को रोमान्टिक गीत रिलिज
- दिव्यदेव, झरना र सुहाना फिचर्ड ‘बा : एक योद्धा’को शीर्ष गीतमा सन्तानका लागि बाको संघर्ष
बन्दीपुर महोत्सव आजदेखि
तनहुँ,
पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगर बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव हुँदैछ ।
‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा यही मङ्सिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
महोत्सव दुई लाख पर्यटकले अवलोकन गर्ने र त्यहाँ रु पाँच करोडबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ डुम्रे एकाइ सभापति घनश्याम उपाध्यायले बताए ।
महोत्सवमा आउने पर्यटकलाई खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुुन्द सेन दरबार, टँुडिखेल, रानीवनको भ्रमण गराइने उनले जानकारी दिए ।
त्यसैगरी, महोत्सवमा सहासिक पर्यटन खेल, चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा र साइक्लिङिको व्यवस्था गरिएको छ । महोत्सवमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी एवं बिक्रीकक्ष रहने छन् ।
Prev Post