सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौँ,

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०।६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो ।

आर्थिक वर्ष २०८२र८३ मा बैंकको खुद ब्याज आम्दानी रु ११ अर्ब ९६ करोड ६१ लाख पुगेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १७।८५ प्रतिशतले बढी हो । त्यसैगरी बैंकको कूल सञ्चालन आम्दानी रु १३ अर्ब १८ करोड ५५ लाखबाट १४।१९ प्रतिशतले बढेर रु १५ अर्ब पाँच करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

बैंकको खुद सञ्चालन नाफा ९करअघिको० रु तीन अर्ब ९४ करोड २० लाखबाट ६४।२६ प्रतिशतले बढेर रु छ अर्ब ४७ करोड ५३ लाख पुगेको छ । आर्थिक वर्ष २०८१र८२ मा वितरणयोग्य मुनाफा नरहेकोमा आर्थिक वर्ष २०८२र८३ मा रु एक अर्ब सात करोड ६९ लाख वितरणयोग्य मुनाफा रहेको छ ।

गत असार मसान्तसम्म बैंकको कूल समग्र आम्दानी रु तीन अर्ब ९० करोड ८९ लाख रहेको छ । प्रमुख कार्यकारी अधिकृत खनालका अनुसार सोही अवधिमा बैंकको कूल निक्षेप रु छ खर्ब ८६ अर्ब १३ करोड तथा खुद कर्जा तथा सापट रु तीन खर्ब ४० अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेप ३७।११ प्रतिशत र कर्जा तथा सापट १२।५० प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय वाणिज्य बैंकको २०८३ असार मसान्तसम्म पुँजी कोष अनुपात ११।४० प्रतिशत, कर्जा तथा निक्षेप अनुपात ५०।८७ प्रतिशत र असारको आधारदर ४।२० प्रतिशत रहेको छ । बैंकको त्रैमासिक औसत आधार दर ४।२२ प्रतिशत रहेको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात ९ल्एब्० ३।९५ प्रतिशत, ब्याजदर अन्तर ९क्उचभबम च्बतभ० ३।३७ प्रतिशत, कोषको लागत दर ९ऋयकत या ँगलम० २।९६ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु २९।१४ रहेको छ ।

हाल उक्त बैंकले देशका सातै प्रदेशका ७७ वटै जिल्लाबाट वित्तीय सेवा प्रवाह गरिरहेको छ । ग्रामीणदेखि सहरी क्षेत्रसम्म फैलिएको बैंकका ३१६ वटा शाखा कार्यालय, ३३५ वटा एटिएम तथा एक लाख ४८ हजार क्यूआर मर्चेन्ट सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैंकले २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित कूल ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । समयसापेक्ष ग्राहकको माग बमोजिम परिष्कृत सेवा दिइरहेको बैंक सबैभन्दा बढी सरकारी कारोबार गर्ने र सबैभन्दा बढी क्यूआर मर्चेन्ट कारोबार गर्ने बैंकका रूपमा राष्ट्रियस्तरमा पुरस्कृतसमेत भइसकेको छ ।

प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले हासिल गरेको उक्त सफलताका लागि उल्लेखनीय योगदान पुर्याउने सम्पूर्ण निक्षेपकर्ता, कर्जा ग्राहक, शेयरधनी, नेपाल सरकार, कार्यरत कर्मचारीलगायत समग्र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.