Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- रघुजी फिल्म्सको ‘तीन तीघ्रे क्या बिग्रे’ रफ्तारमा, पाँच नयाँ कलाकारको डेब्यु
- हलमा लाग्यो बहुप्रतिक्षित फिल्म ‘हली’, दर्शकको उत्साहजनक उपस्थिति
- ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक : प्रेम, त्याग, आत्मसम्मान र गुरुङ समुदायको जीवनकथालाई पर्दामा उतार्ने तयारी
- ‘रुकुम मैकोट’को सफलतापछि अशोक थापा मगर ल्याउँदैछन् ‘चाँदी जलप’
- ‘रोड टु एभरेस्ट’को पोस्टर र टिजर सार्वजनिक, भदौ ६ मा काठमाडौँमा प्रिमियर हुने
- टेलिभिजनमा फर्किए हर्के हल्दार, कमेडी बाजमा निरन्तर देखिने
- ‘बा : एक योद्धा’को डान्सिङ नम्बर ‘नभन्नू कोहीसित’ सार्वजनिक, केकी अधिकारीको नृत्य
- पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु
- असममा बाढी, ९७ जनाको मृत्यु
- सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक: चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय
निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
चितवन,
निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ ।
टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल ९रिचार्ज०का लागिसमेत पानी छोडिएको छ ।
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ । अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उहाँले बताउनुभयो । गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।
हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको बासस्थान रहेको छ ।