सुचना, समाचार र मनोरन्जन

बार निर्वाचनः ३५० मत गणना हुँदा मिश्रको अग्रता

काठमाडौँ/

कानुन व्यवसायीहरूको छता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको जारी मतगणना जारी छ ।

जसअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ९६ मतले अग्रता लिएका छन् ।

झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा र विराटनगर केन्द्रको ३५० मत गणना हुँदा मिश्रले २३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १३० मत प्राप्त गरेका छन्।

बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.